गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते
आइतबार, ०७ मङ्सिर २०७७, १३ : ४५
गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्री रहेका छन् ।
उनीहरुलाई केहीबेर अघि उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रबीण कुमार श्रेष्ठले जानकारी दिए । बिपरित दिशाबाट आउँदै गरेको मोटर साइकललाइ बचाउँन खोज्दा जिप सडकमा पल्टिएको जनाइएको छ । जिपमा बालबालिका सहित १० जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण