अभिनेत्री श्वेताविरुद्ध २ करोडको मानहानी मुद्दा
मुम्बई । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अक्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् । यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् ।
करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।
अर्काे कुरो पब्लिसिटी स्टन बनाएको आरोप समेत लगाइएकी छन् । यसको ममा धेरै नराम्रो प्रभाव परेको छ ।’ ‘मैले श्वेता विरुद्ध २ करोडको मानहानी केस गरेको छु । कानुनी पेपर समेत उनीसँग पुगिसकेको छ । उनको भने केही जवाफ आएको छैन’ राजेशले थपे ।
राजेशले अभिनेत्रीको एक्टिङ स्कुलमा टिचरको काम गरेका थिए । राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क कोसिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घरभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण