मलिना जोशी र आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने
विजय थापा
अमेरिका-अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित तथा विविध कार्यक्रम सफलता पूर्वक गर्दै आएको थ्रीई इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रममा पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने भएका छन् l
अमेरिकाका नौ वटा शहर सिनसिनाटी ,सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l
नेपाली सांगीतिक आकाशमा राम्रो पहिचान दिन सफल भएका लोकप्रिय गायिकाहरुको समुहले आफ्ना स्वरमा गीतहरु प्रस्तुत गर्ने यो संगीत समारोह नेपालमा निकै नै लोकप्रिय छ ।
अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह कार्यक्रमलाई कसरि सफल बनाउने बिषयमा बिशेष काम गरि रहेको बताएका छन् l
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७, सेन्ट लुइसमा अक्टोबर ८ ,एट्लान्टा मा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने भएको छ l
कार्यक्रम हुने स्थान तथा समयको जानकारी पछि दिने थ्रीई इन्टरटेनमेन्टका सुरेश सापकोटाले दिएका छन् l अर्का आयोजक मध्ये कै एक राम चन्द्र खरेलले यस कार्यक्रममा समाजमा बिशेष योगदान गर्ने एक महिलालाई सम्मान समेत गर्ने र उक्त जिम्मा समितिले गर्ने बताए l
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम निकै राम्रो र बिशेष महिला कलाकारहरुको बिशेष प्रस्तुति रहने भएकोले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उनीहरुलाई हौशला प्रदान गर्न कार्यक्रममा आउन आग्रह गरेको छ l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण