शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भोलिबाट चिडियाखाना पनि खुल्ने

बुधबार, २४ मङ्सिर २०७७, १७ : ०६
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । बिहीबारबाट सदर चिडियाखाना सार्वसाधारणका लागि खुल्ला हुने भएको छ । सार्वजनिक धार्मिक एवंम् पर्यटकीय क्षेत्रहरु क्रमशः खुल्दै गएको अवस्थामा बिहिबारदेखि चिडियाखाना पनि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा बजारको चहलपहल र माग र आवश्यकताका आधारमा आवश्यक स्वास्थ्य सुरक्षाको प्रोटोकल अपनाएर व्यवसाय शुरु गर्न लागिएको सदर चिडियाखाना जावलाखेलले जनाएको छ ।  तर,सर्वसाधारण भिजिटरहरुले पहिले जस्तै स्वतन्त्र भने नपाउने चिडियाखानाले जनाएको छ ।

एक पटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् भने भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ । चिडियाखाना जाने जो कोहिले अनिवार्य मास्क लगाउनुपर्ने वाध्यकारी नियम बनाइएको चिडियाखाना प्रमुख डा.चिरञ्जीविप्रसाद पोखरेलले जानकारी दिए । कोभिड–१९ का कारण गत चैत ७ गतेबाटै बन्द हुनपुगको चिडियाखाना औपचारिक रुपमा भोलि मंसिर २५ गतेबाटसञ्चालनमा आउनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप