भोलिबाट चिडियाखाना पनि खुल्ने
काठमाडौं । बिहीबारबाट सदर चिडियाखाना सार्वसाधारणका लागि खुल्ला हुने भएको छ । सार्वजनिक धार्मिक एवंम् पर्यटकीय क्षेत्रहरु क्रमशः खुल्दै गएको अवस्थामा बिहिबारदेखि चिडियाखाना पनि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।
कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा बजारको चहलपहल र माग र आवश्यकताका आधारमा आवश्यक स्वास्थ्य सुरक्षाको प्रोटोकल अपनाएर व्यवसाय शुरु गर्न लागिएको सदर चिडियाखाना जावलाखेलले जनाएको छ । तर,सर्वसाधारण भिजिटरहरुले पहिले जस्तै स्वतन्त्र भने नपाउने चिडियाखानाले जनाएको छ ।
एक पटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् भने भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ । चिडियाखाना जाने जो कोहिले अनिवार्य मास्क लगाउनुपर्ने वाध्यकारी नियम बनाइएको चिडियाखाना प्रमुख डा.चिरञ्जीविप्रसाद पोखरेलले जानकारी दिए । कोभिड–१९ का कारण गत चैत ७ गतेबाटै बन्द हुनपुगको चिडियाखाना औपचारिक रुपमा भोलि मंसिर २५ गतेबाटसञ्चालनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण