शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डबाट टाढिएका भट्ट गुट भेलामा ओलीसँगै देखिए

सोमबार, ०६ पुस २०७७, ११ : ३३
सोमबार, ०६ पुस २०७७

पछिल्लो समय खेमा बदलेका उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गुटको भेलामा सहभागी भएका छन् । आइतबार प्रतिनिधिसभा विघटन गराएका ओलीले सोमबार बिहान आफूपक्षको रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमै भेला बोलाएका छन् । 

सो भेलामा पूर्वमाओवादी समूहका भएपनि पछिल्लो सयम प्रचण्डको साथ छाडेका भट्ट बैठकमा सहभागी हुन् । भट्ट ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै देखिएका छन् । 
ओलीको कदमको विरोध गर्दै माधव नेपाल समूहकासहित ७ मन्त्रीले राजीनामा दिएपनि भट्टले दिएका छैनन् । यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि राजीनामा दिएका छैनन् । तर उनी भने सो भेलामा सहभागी भएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप