आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )

शनिबार, २४ जेठ २०८२, १८ : २६
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • लन्डनस्थित नेपाली दूतावासमा 'नेपाल नाइट' कार्यक्रम आयोजना गरियो, जसमा पर्यटन प्रवर्द्धन र नेपालको प्राकृतिक सौन्दर्यबारे छलफल भयो।
  • कार्यक्रममा आरोही, पर्यटक र पर्यटन व्यवसायीहरूले नेपालको भ्रमण अनुभव आदानप्रदान गरे, जसमा पर्यटन विभाग र बोर्डका उच्च अधिकारीहरूको सहभागिता थियो।
  • कार्यक्रममा नेपालको पर्यटन नीति, सांस्कृतिक सम्पदा र कला प्रदर्शन गरियो, साथै बेलायतमा रहेका नेपाली राजदूतले बेलायतीलाई नेपाल भ्रमणको लागि आग्रह गरे।

 लन्डन । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ एक विशेष कार्यक्रम ‘नेपाल नाइट’ सम्पन्न भएको छ । नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली र बेलायती आरोही, नेपाल भ्रमण गरेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्समात्रको सहभागिता थियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरूले आ आफ्नो अनुभव आदानप्रदान गरे ।

अधिकांश विदेशीको जमघट रहेको उक्त कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीसमेत सहभागी थिए । कार्यक्रममा नेपालका रमणीय एवम् प्राकृतिक सौन्दर्य झल्काउने वृत्तचित्र प्रस्तुत गरिएको थियो।

स्वागत मन्तव्य दिने क्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै नेपाललाई एक पटक घुम्न जानैपर्ने गन्तव्यको रूपमा उल्लेख गरे। बेलायत नेपालबिचको ऐतिहासिक सम्बन्धको बारेमा उल्लेख गर्दै बेलायतीलाई नेपाल घुम्नको लागि आग्रह गरे ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटनमा सरकारको नीति तथा भूमिकाको बारेमा उल्लेख गरे । त्यसैगरी नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटन व्यवसायमा सुधार हुँदै गएको बताए । अहिले कोभिड महामारी अघिकै अवस्थामा फर्किसकेको उल्लेख गर्दै नेपाल विदेशी पर्यटकहरूका लागि सुरक्षित गन्तव्य भएको बताउँदै निर्धक्कसाथ नेपाल भ्रमण गर्न निम्ता गरे ।

सो अवसरमा वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष संयुक्त श्रेष्ठले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा, डा. एमी फ्रीज मरिसले नेपालमा बाघ र कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले आरोहण अनुभव र हिमालमा उद्धार कार्य सम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले कुमारी नृत्य, खुकुरी नृत्य, किरात साकेला, झ्याउरे नृत्य र अन्त्यमा सामूहिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

कलाकारहरू अस्मिता थापा मगरको कुमारी नृत्य, संयोग जिसीको खुकुरी डान्स, राजदेव, पारु, रुपा र निसुको साकेला, ममता श्रेष्ठको ‘नेपालकी छोरी हुं म…’ गीतमा नृत्य, रिना थापामगरको झ्याउरे डान्स अनि ‘रेशम फिरिरि…’ जस्ता नेपाली संगीतले नेपाल नाइट साँच्चिकै नेपालमय बनेको थियो ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो वक्ताहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

IMG_0792IMG_0835IMG_0838IMG_0849IMG_0857IMG_0876IMG_0906IMG_0926IMG_0930IMG_0948IMG_0989IMG_0991

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप