बागमती नदीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा
सारांश
- हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथको बागमती खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ।
- बाढीले पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकोमा बेलिब्रिज जडानको काम भइरहेको छ।
- योजना प्रमुखका अनुसार, बेलिब्रिज जडान र पहुँच मार्गका लागि २ करोड बजेट विनियोजन गरिएको छ।
मकवानपुर । हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमानामा रहेको बागमती खोलामाथि बेलिब्रिज राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत १२ असोजमा आएको बाढीले मकवानपुरतर्फको भाग बगाएपछि उक्त सडक खण्ड भएर चलने सवारी साधनहरूले समस्या झेल्दै आएका थिए ।
बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फ १५ मिटर पहुँच मार्ग बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिँदै आएकोमा जेठ २१ गतेदेखि बेलिब्रिज जडान कार्य चलिरहेको हो । आइतबारबाट गाडी चलाउन मिल्ने गरी काम भइरहेको कान्ति लोकपथका योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिएकी छन् ।
बागमतीमा खोलामा आउने बाढीले पटक–पटक डाइभर्सन र त्यसमा प्रयोग भएको ह्युमपाइप बगाउँदा केही दिनदेखि सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । प्रमुख बज्राचार्यका अनुसार कान्तिलोकपथ सडक आयोजनाले २१ जेठदेखि २४ गतेसम्म ४ दिन कान्ति लोकपथ भएर चल्ने सवारी साधन पूर्णरुपमा बन्द गरेर बेलिब्रिज जडान कार्य गरिरहेको हो ।
उनका अनुसार मकवानपुरतर्फ २४ मिटर लामो बेलिब्रिज जडान कार्य भइरहेको छ । बेलिब्रिज जडान र मकवानपुर र ललितपुरतर्फको पुलसम्मको पहुँच मार्गमा फाउन्डेसन लगाउने कार्यका लागि २ करोड बजेट विनियोजन गरेकोमा करिब एक करोड ४५ लाख रुपैयाँमा काम सम्पन्न हुने योजना प्रमुख बज्राचार्यले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण