प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
शनिबार, २४ जेठ २०८२, १६ : ११

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गरे।
- अस्पतालले पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
- प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष योगेन्द्र मण्डल लगायतले स्वागत गरे।
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी– २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । उक्त अस्पतालको प्रधानमन्त्रीले शनिबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावना बमोजिम अस्पताल स्थापना गरिएको बताइएको छ । प्रधानमन्त्री ओली उक्त अस्पताल पुग्दा अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल लगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु