सूर्य चिन्ह आफ्नो रहेको ओली पक्षको सन्देश, पुष्पलाल र मदनको तस्बिर पनि राखियो

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ ।
यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका नेता रामबहादुर थापा बादल पनि ओली पक्षको बैठकमा सहभागी भएका छन् ।
बादल यसअघिको बैठकमा सहभागी भएका थिएनन् । बिहीबारको बैठकमा केपी ओलीको दायाँतर्फको कुर्सीमा बादल बसेका छन् भने बायाँतर्फ नेता ईश्वर पोखरेल छन् । पहिलो लहरमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् ।
ओली पक्षले बैठकको ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको तस्बिर राखेको छ । यसअघिको दोस्रो केन्द्रीय समिति बैठकमा कुनैपनि नेताको फोटो नराख्ने निर्णय गरेको थियो ।
नेकपा विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेपनि कुन पक्षले नेकपा पार्टी नाम र सूर्य चिन्ह आफ्नो पक्षमा पार्ने भन्नेमा होडबाजी छ । यता प्रचण्ड-माधव पक्षले भने बैठकमा कुनै नेताको तस्बिर राखेका छैनन् । उनीहरुले एकातिर हसिया हथौडा र सूर्यभित्र हसिया हथौडा अंकित ब्यानर राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता