आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?

आइतबार, ०४ जेठ २०८२, २० : १८
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका ६ नेताले आइतबार पूर्व उपसभापति गोपालमान श्रेष्ठ निवास कालिमाटीमा बैठक गरेका छन् ।

श्रेष्ठ निवासमा दिउँसो पूर्व उपसभापति त्रय श्रेष्ठ, विमलेन्द्र निधि, र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा प्रवक्ता डा.प्रकाशशरण महतबिच छलफल भएको हो । बैठकमा सहभागी विमलेन्द्र निधिले बैठकमा आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । 

‘खासमा आजको बैठक निरन्तरता मात्रै हो । हामीले यसअघि पार्टीको आन्तरिक राजनीति आगामी महाधिवेशनबारे छलफल गर्दै आएका छौँ,’ निधिले रातोपाटीसँग भने, ‘महाधिवेशनमा उम्मेदवार को हुने भन्दा पनि कसरी सम्पन्न गर्ने पार्टी र मुलुकलाई अगाडि बढाउने भन्नेबारेमा छलफल गर्‍यौँ ।’

यी नेताहरू बैठकमा बसेको तेस्रो पटक हो । गत फागुन २ गते सभापति शेरबहादुर देउवा निवासमा ११ नेताहरू बसेका थिए । गत वैशाख ११ गते डा.कोइराला निवासमा ७ नेताहरू बसेका थिए । आज ६ जनामा झरेका छन् । 

भेला भएका नेताहरू सबै संस्थापन पक्षीय हुन् । सिंह अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री छन् । 

सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता छन् । यी मध्य सिंह र निधि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा दुवै जनाले वर्तमान सभापति देउवालाई समर्थन गरेका थिए । 

सबैले वर्तमान संस्थापन पक्षबाट एउटा उम्मेदवार बनाउनुपर्ने बताइरहेका छन् । पूर्व उपसभापति निधिले आफूहरूको भेटको ध्येय सहमतिमा अगाडि बढ्ने बाटो पहिल्याउनु भएको बताए ।

सकभर १५ औँ महाधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयन होस् भन्ने पक्षमा आफू रहेको नेता निधिले रातोपाटीसँग बताए । त्यसका लागि आफूहरू प्रयासरत रहेको पनि उनको भनाइ थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप