कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
काठमाडौँ । नेपाली कांग्रेसका ६ नेताले आइतबार पूर्व उपसभापति गोपालमान श्रेष्ठ निवास कालिमाटीमा बैठक गरेका छन् ।
श्रेष्ठ निवासमा दिउँसो पूर्व उपसभापति त्रय श्रेष्ठ, विमलेन्द्र निधि, र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा प्रवक्ता डा.प्रकाशशरण महतबिच छलफल भएको हो । बैठकमा सहभागी विमलेन्द्र निधिले बैठकमा आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
‘खासमा आजको बैठक निरन्तरता मात्रै हो । हामीले यसअघि पार्टीको आन्तरिक राजनीति आगामी महाधिवेशनबारे छलफल गर्दै आएका छौँ,’ निधिले रातोपाटीसँग भने, ‘महाधिवेशनमा उम्मेदवार को हुने भन्दा पनि कसरी सम्पन्न गर्ने पार्टी र मुलुकलाई अगाडि बढाउने भन्नेबारेमा छलफल गर्यौँ ।’
यी नेताहरू बैठकमा बसेको तेस्रो पटक हो । गत फागुन २ गते सभापति शेरबहादुर देउवा निवासमा ११ नेताहरू बसेका थिए । गत वैशाख ११ गते डा.कोइराला निवासमा ७ नेताहरू बसेका थिए । आज ६ जनामा झरेका छन् ।
भेला भएका नेताहरू सबै संस्थापन पक्षीय हुन् । सिंह अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री छन् ।
सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता छन् । यी मध्य सिंह र निधि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा दुवै जनाले वर्तमान सभापति देउवालाई समर्थन गरेका थिए ।
सबैले वर्तमान संस्थापन पक्षबाट एउटा उम्मेदवार बनाउनुपर्ने बताइरहेका छन् । पूर्व उपसभापति निधिले आफूहरूको भेटको ध्येय सहमतिमा अगाडि बढ्ने बाटो पहिल्याउनु भएको बताए ।
सकभर १५ औँ महाधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयन होस् भन्ने पक्षमा आफू रहेको नेता निधिले रातोपाटीसँग बताए । त्यसका लागि आफूहरू प्रयासरत रहेको पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण