सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
सारांश
- सिरहा प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ७१ लाख ३ हजार नेपाली र ३५ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।
- लहान नगरपालिकाका दिनेशकुमार यादव र उनकी बहिनीबाट ५५ लाख र २०० ग्राम ब्राउनसुगर बरामद गरियो। उनीहरू व्यावसायिक रूपमा लागुऔषध कारोबारमा संलग्न थिए।
- प्रहरीले सिरहा नगरपालिकाका सञ्जय कारकलाई १६ लाख ३८ हजार र औरहीका कृष्णकुमार यादव र निरज रायलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।
सिरहा सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट रु ५५ लाख र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
प्रहरीले उनीहरुका साथबाट गत शुक्रबार २१ ग्राम ब्राउन सुगर र रु ५१ हजार तथा दुई थान मोबाइल बरामद गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको कोठा खानतलासी गर्दा थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
त्यसैगरी, उनीहरुका साथबाट थप १८० ग्राम ब्राउनसुगर पनि फेला परेको थियो । प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढङ्गले नै लागुऔषधको कारोबार गर्दै आएका थिए । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ । अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।
यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई शनिबार सिरहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको रु १६ लाख ३८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण