ओलीको कदमविरुद्ध सडकमा उत्रियो काँग्रेस, तस्बिरमा हेर्नुहोस् काठमाडौंको प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशभर प्रदर्शन गरेको छ । जसअनुसार काठमाडौंमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।
काँग्रेसले काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर १० स्थानमा प्रदर्शन गरेको छ । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगन्जस्थित नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजुस्थित लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारलाई विरोध कार्यक्रम स्थल तोकिएको थियो । जसअनुसार सरकारविरुद्ध नाराबाजीसहित विरोधसभा गरिएको छ ।
काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका छन् । उनले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्ति निकालेर नबस्ने भन्दै कडा प्रतिवाद गर्ने बताए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण