सेयर बजारमा ४९.१७ अंकको बढोत्तरी, चम्किए साल्ट ट्रेडिङ र नागरिक लगानी कोष
काठमाडौं । आज सेयर बजार ४९.१७ अंकले बढेको छ । २.४४ प्रतिशतले बढेको बजारमा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । आजको कारोबारमा २ सय ८ कम्पनी आएका थिए ।
आज उत्पादन तथा प्रशोधन तर्फको सबैभन्दा बढोत्तरी देखिएको छ । यस समूहमा ३४८.२१ अंकले बढोत्तरी भएको हो । यता ट्रेडिङ समूहतर्फ १८२.२३ अंकको बृद्धि छ । होटल र विकास बैंक बाहेक सबै समुह हरियाली देखिएको छ ।
सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसन र नागरिक लगानी कोष देखिएको छ । यस्तै सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्ट र एनआइसी एसिया देखिएको छ । शिवम्को ३४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको पनि मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण