सर्वोच्चलाई लिखित जवाफ पठाउँदै सभामुखले भने- प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजभागी छ (पूर्णपाठ)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजभागी रहेको जिकिर गरेका छन् । सर्वोच्च अदालतको आदेशअनुसार आइतबार प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ प्रस्तुत गर्दै सभामुख सापकोटाले संघीय संसदको सातौं अधिवेशनको तयारी भइरहेको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदा आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
उनले प्रतिनिधिसभा विघटनलाई ‘सार्वभौम जनताको प्रतिनिधिमुलक संस्था संसद उपरको हस्तक्षेप’ भनेका छन् । ‘त्यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावना भावना अनुरुपसमेत देखिन नआएको हुँदा रिट निवेदकहरुको दावी संविधान बमोजिम नै देखिएकोले प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार छैन,’ जवाफमा उनले लेखेका छन् ।
उनले नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था भएको जिकिरसमेत गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले दायर गरेको रिटमा सभामुख सापकोटालाई समेत विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल