बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी स्टार किड्स २०२१ मा गर्न सक्छन् बलिउड डेब्यु

आइतबार, १९ पुस २०७७, १९ : ५१
आइतबार, १९ पुस २०७७

मुम्बई । २०२० कोरोनाको कहरमै बित्यो । त्यसैले पनि कयौं स्टार किड्स बलिउडमा डेब्यु गर्ने भनिए पनि असफल रहे । तर, २०२१ मा भने केही स्टार किड्स बलिउड डेब्यु गर्न सक्ने अनुमान गरिएको छ । जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

अहान पाण्डे :

अभिनेत्री अनन्य पाण्डेको भाई तथा चंकी पाण्डेको भतिज अहान पाण्डे यो वर्ष फिल्ममा देखिन पनि सक्छन् । सञ्चारमाध्यामहरुका अनुसार उनी यशराज फिल्मस् प्रोडक्शनबाट करियर शुरु गर्दैछन् । 

आर्यन खान :

अभिनेता शाहरुख खानका जेठो छोरा आर्यन खानको सामाजिक सञ्जालमा धेरै फ्यान समेत रहेका छन् । यो वर्ष आर्यन करण जौहरको फिल्म ‘स्टुडेन्ट आफ द इयर ३’ बाट करियर सुरु गर्न सक्छन् ।

अगस्त्य नन्दा :
अगस्त्य नन्दा छिट्टै फिल्ममा आउने खबर आएको छ । अगस्त्य अमिताभ बच्चन र जया बच्चनको नाती हुन् । उनी हालै करण जौहरको साथ एक पार्टीमा देखिएका थिए ।

सुहाना खानः

अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालबाट हट एण्ड बोल्ड अन्दाजको तस्बिर हमेसा सार्वजनिक गर्ने गर्दछिन् । उनी पनि यो वर्ष बलिउडमा डेब्यु गर्न सक्छिन् । यस अगाडि उनी छोटो फिल्म ‘द ग्रे पार्ट आफ ब्लु’ मा देखिएकी थिइन् ।

शनाया कपुर :

अभिनेता सञ्जय कपुरकी छोरी शनाया कपुर अनन्या पाण्डेको साथी पनि हुन् । उनी पनि अनन्य झै फिल्म आउन पनि सक्छिन् । समाचारका अनुसार उनी यो वर्ष फिल्ममा डेब्यु गर्नेछिन् । उनी जान्ह्वी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ मा पनि असिस्टेन्ट निर्देशकको रुपमा रहेकी छिन् ।

खुशी कपुर :
श्रीदेवी र बोनी कपुरकी छोरी खुसी कपुर पनि फिल्मबाट आफ्नो करियर सुरु गर्न सक्छिन् । खुसी निकै ग्ल्यामर र इस्टाइलिस छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप