संसद विघटन हुँदा कोही खुशी छैनौः प्रभु साह
जनकपुर । कामचलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए ।
उनले भने– ‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफै पनि संसद विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले अघि थप्दै भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छाडीदिउँ भनेर कसले चाहान्छ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैंमा आत्महत्या हो । तर यो बाध्यता हो ।’
यद्यपि, उनले संसद विघटन संविधान सम्मत नै रहेको जिकिर गरे । संसदबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेको दाबी गरे । साहले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा त्यसको प्रतिक्षा गर्नुको साटो प्रचण्ड माधव पक्षले आन्दोलन गरेर गैरजिम्मेवारी ढगंले देश बर्बाद गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण