सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गर्यो: राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुससहित सिंहदरबार पश्चिमगेटस्थित शाहको शालिकमा पुगेका विभिन्न संघ–संस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए । उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।
अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताए । मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचार विरुद्ध राप्रपा विरोधमा उत्रिने बताए । नेपालमा हिन्दु धर्म पुनस्र्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको बताए ।
पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भीडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण