धर्मेन्द्रको गिरफ्तारीविरुद्ध विप्लव समूहले सार्वजनिक गर्यो नेपाल बन्दसहितका संघर्षका कार्यक्रम
बिहीबार, ०१ माघ २०७७, १७ : ४७
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ । बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोलासहित ३ जनालाई पक्रेको थियो । ‘कञ्चन’लाई सानेपास्थित एनसेलको मुख्यालयमा भएको विष्फोट र सामाखुसी बम विष्फोटको घटनामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ । माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । गिरफ्तारीको भर्त्सना गर्दै विप्लवले भनेका छन्–‘दमनले राज्य सञ्चालक नै समाप्त हुने ओली सरकारलाई चेतावनी दिन चाहन्छौं ।’

यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
