
जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ ।
“कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने । महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ