आज पनि बढ्यो नेप्से, पूँजीकरण झन्डै साढे ३१ खर्ब
सोमबार, ०५ माघ २०७७, १५ : ५५
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि बढेको छ । नेप्से परिसूचक सोमबार १७.३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । यो दिन १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ ।
बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेरै गिरावट समृद्धि फाइनान्सको ४.१४ प्रतिशतले भएको छ ।
बजार बढेसँगै बजार परिसूचक र पुँजीकरण समेत हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार कूल बजार पूँजीकरण २३ अर्बले बढेर ३१ खर्ब ४१ अर्ब पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण