पाल्पाको रिब्दीकोटमा राजावादी, गणतन्त्रवादी र संघीयताविरोधीको गठबन्धन !
पाल्पा— दोस्रो चरणको स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा पाल्पाको रिब्दीकोटमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । रिब्दीकोटमा गणतन्त्रवादी माओवादी, राजावादी राप्रपा र संघीयताविरोधी जनमोर्चाबीच गठबन्धन रहेको छ भने एमाले र कांग्रेस एकल प्यान बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
माओवादी, राप्रपा र जनमोर्चा गठबन्धनबाट रिब्दीकोट गाउँपालिकामा माओवादीका लिला कार्कीको प्रमुखमा उम्मेदवारी परेको छ भने सोहि गठबन्धनबाट उपप्रमुखमा राप्रपाका भोजेन्द्र बहादुर कुँवरको उम्मेदवारी परेको छ । यस्तै सोहि गठबन्धनबाट जनमोर्चाका तिलक गाहा मगरले ४ नम्बर वडामा भाग पाएअनुसार उम्मेदवारी दिएका छन् । 
एकल प्यानलमा कांग्रेसको तर्फबाट प्रमुखका गोविन्द आचार्य र एमालेबाट नारायण जिसीले उम्मेदवारी दिएका छन् ।
असार १४ को चुनाव नजिकिएसँगै अहिले उम्मेदवारहरुले घरदैलो अभियानदेखि प्रचारप्रसारका अभियानलाई तीब्र पारेका छन् भने आफ्नो पक्षमा माहोल रहेको भन्दै मतदाता तान्न खटिइरहेका छन् ।
रातोपाटीसँग कुरा गर्दै माओवादी केन्द्र पाल्पाका नेता नेत्र पाण्डेले पार्टीका उम्मेदवार लिला कार्कीको जित सुनिश्चित भएको दाबी गरे । उनले एमाले र कांग्रेस आफूहरुको गठबन्धनपछि हतोत्साहित भएर गलत प्रचार गर्न समेत जुटेको आरोप लगाए । 
यता रिब्दीकोटका स्थानीय होमलाल अधिकारीले पार्टीहरुको गठबन्धनले चुनावी माहोल रोचक बनिरहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण