युवाहरुले राखे सडकमा ‘नमुना राष्ट्रियसभा बैठक’, गरे ओलीको राजीनामाको निर्णय (फोटोफिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयको विरोधमा दिनहुँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ । यही क्रममा बुधबार राजधानीमा फरक शैलीको विरोध कार्यक्रम आयोजना भएको छ ।
‘नेपाल टीन लिडर्स’ को आयोजनामा भएको कार्यक्रममा सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक राखिएको भने सो बैठकबाट प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै उनले राजीनामा गर्नुपर्ने निर्णय समेत गरिएको छ ।
राजधानीको भृकुटीमण्डस्थित पद्मोदय मोड अगाडि सडकमा भेला भएका उनीहरुले संसदीय प्रक्रिया जस्तैगरी बैठक चलाए भने सो बैठकको अध्यक्षता गरेका थिए– विवश बलामीले । राष्ट्रिय गानबाट सुरु गरिएको ‘नमुना बैठक’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसम्बन्धी विशेष प्रस्ताव रिवाज बानियाले पेश गरेका थिए ।
सो प्रस्तावमाथि राष्ट्रियसभामा जस्तै गरी छलफल गरेर ओलीको कदम ‘असंवैधानिक’ भएको ठहर युवाहरुले गरेका थिए । यस्तै उनीहरुले ओलीले राजीनामा दिनुपर्ने 'निर्णय' गर्दै राष्ट्रपतिलाई प्रतिनिधिसभा बैठक अबिलम्ब बोलाउन सिफारिस समेत गरेका छन् ।
बैठकले केपी शर्मा ओलीले राजीनामा दिँदै प्रतिनिधिसभा पुनःस्थापित गरेर राष्ट्रपतिले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने सिफारिस गरी संकेतिक रुपमा दवाव दिइएको कार्यक्रम व्यवस्थापक विशाल केसीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए भने सो कदमको ओलीपक्षबाहेक करिब सबै क्षेत्रबाट विरोध हुँदै आएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण