बहुविवाह मुद्दामा फरार वडासदस्य १२ वर्षपछि पक्राउ
शनिबार, १० माघ २०७७, १६ : ३८
काठमाडौँ । बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यसहित दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडे छन् ।
उनीहरुलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरुलाई ०६५ असारमा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई १ वर्षको कैद ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवाना सजाय तोकेको थियो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ ।
पक्राउ परेकी उसिला सिंह काठमाडौँ महानगरपालिका १२ की निर्वाचित वडा सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण