बहुविवाह मुद्दामा फरार वडासदस्य १२ वर्षपछि पक्राउ
शनिबार, १० माघ २०७७, १६ : ३८
काठमाडौँ । बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यसहित दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडे छन् ।
उनीहरुलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरुलाई ०६५ असारमा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई १ वर्षको कैद ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवाना सजाय तोकेको थियो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ ।
पक्राउ परेकी उसिला सिंह काठमाडौँ महानगरपालिका १२ की निर्वाचित वडा सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
-
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी
-
यी राष्ट्राध्यक्ष र मुख्य नेताहरू, जसले विमान दुर्घटनामा ज्यान गुमाए
-
कटकुवा मिनिबस दुर्घटना अपडेट : यी हुन् घाइते २१ जना (विवरणसहित)
-
तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी
-
बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ