कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा राष्ट्रपतिले दिइन् यस्तो सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन हुन थालेको भन्दै यसबाट विश्वभरि नयाँ आशा र विश्वासको सञ्चार भएको बताएकी छिन् । उनले खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद समेत दिएकी छिन् ।
नेपालमा कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा बुधबार एक सन्देश जारी गर्दै राष्ट्रपतिले विश्वका सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको बताएकी छिन् । उनले विश्वमा कोभिड–१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान सुरू गर्न लागेकोमा आफू हर्षित भएको पनि राष्ट्रपतिले बताएकी छिन् ।
‘यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको छ। कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दछु। नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने ’, राष्ट्रपतिले भनेकी छिन् ।
उनले खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको महसुस गरेको बताएकी छिन् ।
उनले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्याउनका लागि सबैमा आह्वान समेत गरेकी छिन् ।
आजै सरकारले नेपालमा खोप अभियानको शुभारम्भ गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण