बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

दाउद इब्राहिमको जीवनमा आधारित 'वेभ सीरिज' बन्दै

शनिबार, १७ माघ २०७७, ११ : ५४
शनिबार, १७ माघ २०७७

एजेन्सी । अपराधको विषयमा वेभ सीरिज बन्ने प्रचलन चर्चामा रहेको छ । र, चर्चामा पनि यस्तै प्रकारका वेभ सीरिज चर्चामा छ । 

यसैसन्दर्भमा अन्डरवल्र्ड दाउद इब्राहिमको जीवनमा आधारित भएर दुई वटा वेभ सीरिज बन्ने भएको छ । 

जसमा एउटा सीरिजमा अभिनेता फरहान अख्तरले इब्राहिमको जीवनमा आधारित फिल्म सीरिज बनाउने भएका छन् । जुन एस हुसैन जैदीको डोंगरी टु दुबई मा आधारित छ । 

यस्तै दोस्रो राम गोपाल वर्माले बनाउँदै छन् । जसमा अन्डरवल्र्ड इब्राहिममाथि आधारित छ । उनको वेभ सीरिज उनकै आफ्नो रिसर्चमा आधारित हुनेछ । 

फरहानको वेभ सीरिजको शुटिगं लकडाउनभन्दा पहिले सुरु भएको थियो । यद्यपि, अहिले यसको छायाकंनको विषयमा केही खबर बाहिर आएको छैन । 

फरहानको वेभ सीरिजको बारेमा कुरा गर्दै वर्माले उनले बनाउन लागेको वेभ सीरिजको बारेमा थाहा नभएको तर डोंगरी टु दुबई भन्ने किताब पढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप