शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पाकी बहिनी शमिता शेट्टीले बलिउडलाई भनिन् ‘फेक वर्ल्ड’, भन्छिन्, ‘सावधानी नअपनाउने हो भने...’

मङ्गलबार, २० माघ २०७७, ०९ : १८
मङ्गलबार, २० माघ २०७७

नायिका शमिता शेट्टीले सन् २०११ मा फिल्म मोहब्बतेंबाट बलिउड डेब्यू गरेकी थिइन् । शमिता शेट्टी अघिल्लो वर्ष जीफाइभको वेब शो ब्ल्याक विडोजमा देखिएकी थिइन् । यसमा उनको कामलाई दशर्कले निकै रुचाएका थिए । शमिता पनि आफ्नो कामबाट निकै खुसी छिन् । उनलाई लाग्छ कि उनले एक व्यक्तिको रुपमा आफूलाई विकसित गरेकी छिन् र आफ्नो करियर ग्राफका लागि निकै खुसी छिन् ।

शमिता शेट्टी भन्छिन्, ‘म उतार चढावबाट गुज्रिसकेकी छु र यसले मलाई थप बलियो बनाएको छ । आज म जहाँ छु, त्यहि संघर्षका कारण छु । मलाई कुनै पछुतो छैन । म त्यो जीवनका लागि आभारी छु जुन मसँग छ । इन्डष्ट्रिमा कम काम गर्दापनि र वर्षौं पछि पनि मलाई इन्डष्ट्रिको हिस्सा बन्ने अवसर दिइएको छ र म यसका लागि आभारी छु । मसँग यस्ता मानिसहरु छन् जसले मलाई मेरो धरातलसम्म जोडिराख्छन् र म ती मानिसहरुको सम्पर्कमा छु जो वर्षौंदेखि मेरो जीवनमा छन् ।’
 

बलिउड इन्डष्ट्रिलाई बताइन् फेकः

शमिताले आफ्नो कामबाहेक बलिउडबारे पनि बयान दिए । उनले भने, ‘बलिउड इन्डष्ट्रि एउटा नक्कली दुनियाा हो, सावधानी नअपनाउने हो भने तपाईंले आफूले आफैंलाई यहाँ गुमाउन सक्नुहुन्छ । ’

शमिताका अनुसार सन् २०२० उनको करियरको हिसाबले राम्रो थियो । मैले २०२० मा यो पनि सिकेँ कि जब तपाईं एक्लै हुनुहुन्छ र आफ्नो घरमा फस्नुहुन्छ तब तपाईंसँग जतिसुकै पैसा होस्, विलासी सामान होस्, ती कुनै पनि कुराले मान्यता राख्दैनन् । ती कुनै पनि कुराले तपाईंलाई त्यो स्थितीबाट बाहिर निकाल्न सक्दैन । त्यसपछि तपाईंलाई लाग्छ कि जीवनमा के महत्वपूर्ण छ ।’

लकडाउनमा परिवारसँग समय बिताइन्ः

उनले भनिन्, ‘मैले केही परिवर्तन गरेँ र मेरा लागि महत्वपूर्ण भएका सामान र मानिसहरुलाई नजिक राखेँ । मैले नकारात्मक सोचबाट छुटकारा पाउने कोसिस गरेको थिएँ । यद्यपि, लकडाउनका बेला मसँग परिवार थियो र मैले उहाँहरुसँग क्वालिटी समय व्यतित गरेकी थिएँ । मैले महामारीका बेला एउटा शोमा काम गर्ने मौका पाएँ । म बाहिर निस्कन र काम सुरु गर्नका लागि निकै उत्साहित थिएँ । हामीले कोलकातामा सुटिङका बेला कोभिडका सबै प्रोटोकलको पालना गर्यौं र ब्ल्याक विडोको सुटिङ गरेका थियौं ।’

२ फेबुअरीमा हो नायिकाको जन्मदिनः

शमिता शेट्टी २ फेब्रुअरी (आज) ४२ वर्षकी हुनेछिन् । शमिताले आफ्नो पछिल्लो जन्मदिनलाई याद गर्दै भनिन्, ‘मेरो ४० औं जन्मदिनमा एउटा सरप्राइज पार्टी थियो । दिदी शिल्पा शेट्टी र भिनाजु राज कुन्द्राले मलाई फुकेट, थाइल्याण्डमा सरप्राइज पार्टी दिनुभएको थियो  ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप