बेलायतमा कोरोनाबाट थप १३२२ को मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप १३२२ को निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन मंगलबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा सात हजार ४८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९ हजार ३३५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १९ हजार २०२ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा संक्रामित संख्यामा केहि वृद्धि भएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ७१ हजार ८२५ पुगेको छ । गएको एकसातामा एक लाख ५६ हजार ७७१ जना संक्रमित थपिएका हुन् ।
केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हाल यहाँका अस्पतालमा ३२ हजार ८५१ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६३८ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
खोप लगाउनेको संख्या १ करोड नाघ्यो
बुधबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड भन्दा बढी मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २१ लाख ४६ हजार ४७१ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये चार लाख ९८ हजार ९६२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । हाल जारी गरिएको खोप तीन हप्ताको फरकमा दुई डोज लगाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण