विश्व संगीत दिवसमा सम्मान र संगीतिक धमाका
काठमाडौं – बुधबार पारेको बिस्व संगीत दिवस नेपालमा पनि मनाइएको छ । ७ असार (२१जुन)को दिनलाई बिस्वसंगीत दिवसको रुपमा मनाइने गरिएको छ ।
सन् १९८२ देखि फ्रान्सबाट सुरु भएको यो दिवस ३५ वर्षमा आईपुग्दा एक सय बढि देशले मनाउन थालेका छन् ।
विश्व संगीत दिवसको अबसरमा सांस्कृतिक संस्थान नाचघरले पनि सांगीतिक कार्यक्रम गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको कार्यक्रम सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाली सांगीतिक संघ र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयको संयुक्त आयोजना रहेको थियो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै गीतकार डा. राम बिक्रम सिजापति, संगीतकार जगतमर्दन थापा, बाद्यबादक किशोर गुरुङ, नृत्यकार हनी श्रेष्ठ, जनपक्षिय गायक जेबी टुहुरे र गायिका इन्दिरा श्रेष्ठ सम्मान गरे ।
नेपाली सेनको साँगीतिका व्याण्डको प्रस्तुतिसँगै सुरु भएको कार्यक्रम गीत संगीत प्रस्तुतको बिभिन्न प्रस्तुति सहित ४ घन्टा चलेको थियो । कार्यक्रममा आनन्द कार्कीदेखि पप गायक धिरज राईसम्मले आफ्ना चर्चित गीत सुनाए ।
सांस्कृतिक संस्थानका कलाकारले एक दर्जन भन्दा बढी लोक गायन, नृत्य, सांगीतिक धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए । अन्तरा समुह, गुरुकुल संगीत विधालय, जात्रा व्याण्ड, सहित विभिन्न सांगीतिक समुहले दिएका सांगीतिक प्रस्तुति पनि कार्यक्रमको आकर्षण बनेको थियो ।
– कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व संगीत दिवसको अबसरमा अग्रज श्रष्टाहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
– सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले यस्ता कार्यक्रममा हिमालदेखि तराईसम्मको सबैजसो जातजातिको मौलिक गीतसंगीत नृत्यको संरक्षणसँगै प्रदर्शन र प्रवर्धन पनि गर्दै आएको उनले बताए ।
– संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य माधव प्रधान र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देलले पनि विश्व संगीत दिवसको महत्व बारे बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण