प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
मङ्गलबार, २७ माघ २०७७, १६ : ३५
१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए । निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा