प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
मङ्गलबार, २७ माघ २०७७, १६ : ३५
१
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए । निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण