बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

संगीतकार बने निखिल, यस्तो छ उनको संगीतमा तयार रुद्रेको गीत

बिहीबार, ०८ असार २०७४, ११ : ५५
बिहीबार, ०८ असार २०७४

काठमाडौं – १३ साउनमा प्रदर्शन हुने चलचित्र ‘रुद्र’ले पहिलो गीत बाँहिर ल्याएको छ । ‘आइएम च्याङ्ग्वा’ वोलको उक्त गीतमा चलचित्रका शिर्ष कलाकार निखिल, विश्व र सारासँगै अन्य केही कलाकार समेत देखिएका छन् । 


गीतमा अभिनेता निखिल उप्रेतीले नै संगीत भरेका हुन् । निखिलको यो पहिलो संगीत हो । गीतले तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोलेको छ । 
गीतमा शब्द जगदिश्वर थापाको छ, भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ । 


रामजी लामिछानेको निर्देशनमा बनेको चलचित्र एक्सन र लभस्टोरीले भरिएको बताइएको छ । 


निखिल भिलेन अभिनय गरेको यो चलचित्रमा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायत कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप