गायिका देशारलाई मातृशोक
आइतबार, ०२ फागुन २०७७, १९ : ३५
ललितपुर । गायिका निशा देशारलाई मातृशोक परेको छ । उनकी आमा चिरिमाया देशारको आइतबार चापागाउँ न्हाकदँस्थित घरमा निधन भएको हो । झन्डै डेढ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी निशाकी आमा चिरिमाया गत सातामात्रै वीर अस्पतालबाट ‘डिस्चार्ज’ भएकी थिइन् । उनलाई फोक्सोको क्यान्सर भएको पारिवारिक श्रोतले जनाएको छ ।
गायिका निशाका अतिरिक्त दिवंगत ५९ वर्षीया देशारका एकछोरा (अनुप) र छोरी (सुष्मा) छन् । उनको चापागाउँमै गुठी परम्पराअनुसार आइतबार दाहसंस्कार गरिएको छ । उनका पति ज्ञानलाल देशारको दुई वर्षअघि नै निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण