दमौली बजारका अवैध संरचना हटाउन आग्रह
तनहुँ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू ३५ दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई आग्रह गरेको छ ।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीको दायित्व भएको उल्लेख गर्दै नगर क्षेत्रको केन्द्र दमौली बजारमा सडक अतिक्रमण गरी बनाइएका संरचनाका कारण आवागमन तथा सार्वजनिक उपयोगमा समस्या उत्पन्न भएको जनाएको छ ।
व्यास नगर कार्यपालिकाको गत जेठ २२ गते बसेको २३८औँ बैठकले यस्ता संरचना हटाउने निर्णय गरेपछि आज ३५ दिने सार्वजनिक सूचना जारी गरिएको हो । सूचनाअनुसार सम्बन्धित घरधनीले तोकिएको अवधिभित्र आफ्नै पहलमा संरचना हटाउनुपर्नेछ । निर्धारित समयभित्र संरचना नहटाएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी व्यास नगरपालिकाले आफैँ हटाउने जनाएको छ ।
नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित र सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण