अब जुन दिन सरकार बन्छ, दिनगन्ती शुरु हुन्छः महन्थ ठाकुर
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने– ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’
बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए । ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती शुरु हुन्छ’ ठाकुरले भने–‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’
सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्–‘गोली चलाउनेहरूको प्रमोशन भएको छ, गोली खानेहरू जेलमा छन्, यो कहाँको न्याय हो ?’
आफ्ना साथीहरु जेलमा रहेसम्म संघर्ष जारी राख्ने जिकिर गर्दै महन्तले भने–‘विभेद रहेसम्म संघर्ष भइरहन्छ, अधिकार प्राप्तिको लागी संघर्ष जारी रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण