बर्षाजी, ‘कालीपुरुष’ छाड्नु हुन्न् नि ?
काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटीका धेरै फिल्म त सुपरहिट भएका छैनन् । तर पनि उनलाई फिल्मको कहिल्यै कमी भएको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परिरहेको छ । हालै पनि उनी फिल्म ‘कालीपुरुष’ मा अनुबन्धित भएकी छन् ।
अभिनेत्री सिवाकोटीको नाम फिल्ममा अनुबन्धित हुनेमा मात्र होइन धेरै फिल्म छोड्नेमा पनि अगाडि आउने गर्दछ । पछिल्लो समय उनले धेरै फिल्म छोडेकी छन् । ‘कालीपुरुष’मा अनुबन्धित हुनु अगाडि पनि उनले फिल्म ‘सुदुर’ छोडेकी थिइन् ।
‘नाई नभन्नु ल २’, ‘पशुपति प्रसाद’ जस्तो सफल फिल्ममा अभिनय गरेकी बर्षाले ‘सुदुर’ अगाडि पनि ‘मेरो पैसा खोई’, ‘गोपी’ जस्ता फिल्म छोडेकी थिइन् । फिल्ममा जोडिने र छोड्ने उनको बानीले हालै अनुबन्धित भएको ‘कालीपुरुष’ पनि छायाँकनसम्म उनले छोड्ने होकी भनेर आशंका गरेका छन् ।
‘कालीपुरुष’ छाड्नु त हुन्न् नि ? अहिले बर्षाको बिषयमा धेरैको मनमा उब्जिएको प्रश्न हो यो । हालै ‘परदेशी २’ को छायँंकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने
-
दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल