कर्णालीका नौ जिल्ला कोरोना संक्रमणमुक्त
सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेत बाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त बनिसकेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सुर्खेतबाहेक अन्य कुनै पनि जिल्लामा सक्रिय संक्रमित छैनन् ।
हिजो मंगलबार सम्म मुगुसहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा ११ जना सक्रिय संक्रमित रहेका छन् । सुर्खेतमा मंगलबार सम्मको अवधिमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
दैलेखमा १ हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा ४ सय २३, कालिकोटमा ३ सय ३३, रुकुम पश्चिममा २ सय ५७, जाजरकोटमा १ सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार ७९ वटै पालिकाका स्वास्थ्य संस्थाबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइने तयारी पनि थालिएको छ । त्यसको लागि आवश्यक तयारी पुरा भएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण