भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
बिहीबार, ३२ असार २०८३, ११ : ४९
सारांश
- भोजपुरको पौवादुङ्मा गाउँपालिकामा खुकुरी प्रहारबाट २७ वर्षीय धनकुमार राई गम्भीर घाइते भएका छन्।
- स्थानीय ६० वर्षीय गणेशबहादुर राईले सामान्य विवादका क्रममा राईमाथि खुकुरी प्रहार गरेका हुन्।
- घाइते राईलाई थप उपचारका लागि धरान पठाइएको छ र प्रहरीले गणेशबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर ३ च्याङ्ग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । बुधबार राति स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
दुई पक्षबिच भएको सामान्य विवाद झैझगडामा परिणत हुँदा यो घटना घटेको हो। खुकुरी प्रहारबाट घाइते धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ। उनलाई थप उपचारका लागि धरान पठाइएको छ।
घटनापछि प्रहरीले खुकुरीसहित ६० वर्षीय गणेशबहादुर राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण