बागमती प्रदेशका मुख्यमन्त्री भन्छन्– म गोठालो हुँ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू गोठालो भएको बताएका छन् । गोठालोका कारण नै मुलुकमा समृद्धि आउने भन्दै उनले आफूले पनि मुख्यमन्त्री भएदेखि गोठालोकै रुपमा काम गरेको बताए ।
शुक्रबार हेटौंडामा भएको नेपाल राष्ट्रिय व्यावसायिक बाख्रापालक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले बच्चैदेखि गाउँघरमा गोठालोको काम गरेको र अहिले बागमती प्रदेशको मुख्यमन्त्री भएपछि गोठालो कै रुपमा प्रदेशको समृद्धिका लागि काम गरिरहेकोे दावी गरे ।
प्रदेश सरकारले वास्तविक किसानसम्म सरकारको अनुदान पु¥याउन पुरानो अनुदान प्रकृयालाई रोक लगाई उत्पादनका आधारमा अनुदान दिने प्रकृया सुरु गरेको उनले बताए ।
प्रदेश संरचना बनेको तीन वर्षमा महत्वपूर्ण काम गरेको भन्दै उनले सरकारलाई तीन वर्षको बच्चासँग तुलना गरे । उनले भने, ‘तीन वर्षको बच्चाले कति काम गर्छ ? प्रदेश संरचना बनेको तीन वर्ष भयो, यो समयमा सरकारले महत्वपूर्ण कामहरु गरेको छ, समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा रहेको सरकारले समृद्ध मुलुक बनाउन थुपै काम गरेको छ ।’
कृषिका क्षेत्रमा गरेका कामको परिणाम आगामी दिनमा देखिने भन्दै उनले कृषकका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण