सुशान्तको आत्महत्यापछि रियाको करियरमा धक्का
बलिउडमा भर्खरै उदाएकी अभिनेत्री रिया चक्रवर्तीको करियरमा धक्का लागेको छ ।
सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको मन पहिलो फिल्मबाट नै जितेकी थिइन् ।
तर, अचानक जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले उनको जिवनमा पनि उथलपुथल पैदा भयो ।
सुशान्तको प्रेमिका समेत रहेकी रियालाई सुशान्तको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल समेत गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् ।
फिल्ममा तोकिएको भूमिकाबाट रियालाई हटाइएको छ । उनी जुन भूमिकामा देखिने तय भएको थियो त्यसबाट हटाएर उनलाई अर्कै भूमिकामा अनुबन्ध गरिएको छ ।
उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म 'चेहरे'मा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार रियाको करियरमा धक्का लागेको छ । उनको अगाडिको भविष्य समेत अन्योल देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण