प्रदेश २ का प्रमुख झाले दुर्घटनामा घाइतेलाई गरे उद्धार
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसँग भेटघाट गर्न आएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले दुर्घटनामा घाइतेको उद्धार गरेका छन् ।
उनले सुर्खेतको भेरिगंगा नगरपालिकाको हर्रेमा सवारी दुर्घटनामा घाइते भएका जाजरकोटका ४६ वर्षीय शेरबहादुर सिंहको उद्धार गरेका हुन् ।
शनिबार दिउँसो साढे २ बजेतिर नेपालगञ्जबाट फलफुल बोकेर आउँदै गरेको कर्णाली प्रदेशको ०२५६ नम्बरको मिनीट्रक र बा ५ ख ४२०७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा मिनीट्रक पल्टिएको थियो ।
घाइते उनलाई प्रदेश प्रमुख झाले आफ्नै गाडीमा राखेर बाँके कोहलपुर मेडिक कलेज पु¥याएका हुन् ।
घाइतेको अवस्था हेर्दा अर्को गाडी आउने बेला सम्म ढिला हुने भएकाले आफ्नै गाडीमा राखेर उनले कोहलपुर मेडिकल कलेजमा पु-याईएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमा समेत चोटपटक लागेको छ । अहिले उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् । सोहीअनुसार उनी कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात फर्किएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण