५७ का अभिनेता निकोलसको २६ वर्षकी गलफ्रेण्डसँग ५ औं विवाह
लण्डन । फिल्म ‘घोस्ट राइडर’ अभिनेता निकोलस केज पछिल्लो समय चर्चामा छन् । अहिले चर्चाको बिषय उनको विवाह बनेको छ । ५७ वर्षका केजले केही समय अगाडि रीको शिबाटासँग विवाह गरेका हुन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । समाचारकाअनुसार केज र उनकी प्रेमिका रीकोले जापानी र अमेरिकी परम्पराअनुसार विवाह गरेका थिए ।
केही अतिथि समेत सहभागी विवाह समारोहको तस्बिरमा रीको जापानिज परम्पराको बेहुली पहिरनमा देखिएकी छन् । रीको जापान निवासी हुन् । निकोलसको यो ५ औं विवाह हो । यस अगाडि उनको ४ विवाह टुटेको थियो । विवाहमा उनका ४ पूर्व पत्नी पनि सहभागी थिए । विवाह समारोह लास वेगसको ब्यान होटलमा आयोजना गरिएको थियो ।
निकोलस र रीकोले १६ फेब्रुअरी २०२१ मा विवाह गरेका थिए । विवाहको तस्बिर अहिले भर्खर बाहिर आएको हो । १६ फेब्रुअरी २०२१ निकोलसको स्वर्गिय पिताको जन्मदिन पनि हो । निकोलसले यो दिनको सम्झना राख्न आफ्नो विवाह समारोह यसै दिन आयोजना गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण