चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको प्रतिक्रिया
एजेन्सी । चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले भने, “अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।”
उनले भने, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरु होइनन् ।”
सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उनले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताए । उनले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण