दैलेख मृत्यु प्रकरणः एकै घरका आमासहित पाँच जना वेपत्ता, दुईको शव भेटियो
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा दुईवटा शव भेटियो ।
सोमबार भेटिएको उक्त शवहरु दैलेखको आठबीस नगरपालिका-३ निमाइलका एकै घरका दिदीबहिनी १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको भएको प्रहरी अनुसन्धानमा पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठका अनुसार थप अनुसन्धानका क्रममा सोही घरका अन्य ३ जनाको अवस्था समेत अज्ञात रहेको खुल्यो ।
शव भेटिएका किशोरीहरुकी आमा ३५ वर्षीया सुकु बडुवाल, उनकी पाँच वर्षीया अर्की छोरी रजनी बडुवाल र आठ वर्षीय छोरा ललित बडुवाल अझै वेपत्ता छन् ।
डिएसपी श्रेष्ठका अनुसार पोष्टमार्टनका लागि पठाइएको र अन्य वेपत्ताको कर्णाली नदीमा गोताखोर टोली र अछाम प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आमाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने खुल्न आएको छ ।
सोमबार नै इलाका प्रहरी कार्यालय राकमले उनका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार वेपत्ता सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् ।
उपप्रमुख बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण