२५ वर्षदेखि बौद्धमा लुकाइएको त्यो साढे २ केजी युरेनियम
काठमाडौं । नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले शुक्रवार पत्रकार सम्मेलन गरेर युरेनियम कारोबार गर्ने ४ जनालाई सार्वजनिक गरेका छन् ।
महानगरीय प्रहरी कार्यालयका डिएसपी नवराज भट्टराई नेतृत्वको टोलीले बरामद गरेको युरेनियमको कथा करिब २५ वर्ष पुरानो छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएकी जानुका तामाङ बौद्ध बस्छिन् । ४० बर्षीया जानुकाको परिवारले बौद्धमा घर बनाएका छन् । उनका ससुरा अमर लामा भारतको खानीमा काम गर्थे ।
जानुकाले ससुराले २५ वर्षअघि भारतबाट ल्याएर सो युरेनियम बौद्धस्थित घरमा राखेको प्रहरीलाई साविती बयान दिएकी छिन् । ‘करिब २५ बर्ष पहिले आफ्नो ससुराले भारतबाट युरेनियम ल्याएर राखेको जानुकाको भनाई छ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीसँग भने, ‘हामिले जानुकालाई पक्रेका छौं, थप अनुसन्धान गर्दै छौं ।’
अमर लामा उमेरले ८० पुगे । उनी अहिले अमेरिकास्थित छोरी कहाँ छन् । प्यारालाइसिसको बिरामी भएको हुनाले उनलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन । ६ वर्षदेखि अमेरिकामा रहेका अमरले थप कुरा नबताएसम्म युरेनियमको कथा अपुरो नै हुन्छ ।
बुहारीले बेच्न खोजिन्
जानुकाको विवाह भएको २० वर्ष भयो । बुहारी बनेर अमरको घरमा पाइला टेक्दा घरको एउटा कुनामा लुकाएर राखिएको न्यूक्लियर इनर्जी युरेनियम उनले देखेकी थिइन् । तर, २५ वर्षसम्म त्यो विष्फोटक धातु घरकै कुनामा थियो ।
माइतीघर रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का नारायणसिंह तामाङलाई उनले सो न्यूक्लियर इनर्जी देखाइन् । फार्मेसीका विद्यार्थी ४० बर्षीय नारायण सिंहले जानुकालाई भने, ‘यो युरेनियम हो, अरब मुल्यमा बिक्री हुन्छ ।’
बेच्ने सहमतिपछि उनीहरु ग्राहक खोज्न थाले । रामेछापका २० बर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २० बर्षीय मनोज न्यौपानेले ग्राहक खोज्न थाले । ‘ग्राहक भेट्टाएपछि उनीहरुलाई नारायण सिंहले २–२ करोड दिन्छु भनेको रहेछ’ एआईजी हरि बहादुर पाल भन्छन् ।
प्रहरीले चारै जनालाई पक्राउ गरेको छ । युरेनियम बेच्न खोज्नेहरुलाई विष्फोटक पदार्थ सम्बन्धी ऐन अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । त्यो सुराक
फागुन १ मा प्रहरीलाई सुराक आयो, ‘काठमाडौंमा युरेनियम बेच्ने समूह सक्रिय छ ।’

युरेनियमको हल्ला त्यसअघि पनि बेला–बेला आइरहन्थ्यो । जानुकाको समूहले जसलाई बेच्न खोजेका थिए उनीहरु प्रहरीको सम्पर्कमा आए । फागुन १९ मा स्याम्पल मागेर परीक्षण गर्दा सो न्युक्लियर ईनर्जी प्रशोधन नगरिएको युरेनियम–२३८ रहेको खुल्यो । नास्टका वैज्ञानिकले सो ईनर्जीको परिक्षण गरेका हुन् ।
युरेनियम सक्कली रहेको परीक्षणबाट देखिएपछि प्रहरीले सो सुराकलाई पछ्याइरह्यो । जानुकाको समूह र ग्राहकको बीचमा डेढ अरबमा किन्ने–बेच्ने डिल मिल्यो । इमोबाट पैसा देखाएपछि उनीहरु युरेनियम लिएर आए । ग्राहकसँगै प्रहरी पनि पुग्यो ।
अनि, जानुकाको समूह युरेनियम सहित पक्राउ परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
