बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भिर घाइते भएका छन् । अरु दुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट गराउनेहरूको खोजी भइरहेको डीआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बम विष्फोट गराएको थाहा भएको छ । बम विस्फोटबाट घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण