जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित
जाजरकोट – जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहितको गठबन्धन विजयी भएको छ । खत्री काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बनेका हुन् ।
आइतबार भएको मतदानमा खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बने । त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी भए ।
महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भए । त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा, मंगले बुढाथोकी, खिमबहादुर शाही र विष्णु वली विजयी भए ।
जनजाति सदस्यमा गणेशबहादुर थापा, महिला सदस्यमा बन्दना पुन, धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ । अपाङ्ग सदस्यमा यसअघिनै काँग्रेस, माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निवाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण