माधव–झलनाथ पक्षले ओलीविरुद्ध कस्तो योजना बनाउदैछ ?
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबारै सकिँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षलाई पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ यो पक्षले बुधबारबाट दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
भेलाले आगामी तीन महिने अभियानसहितको रणनीति तर्जुमा गर्ने नेताहरुको भनाइ छ । जुन रणनीति तल्लो तहसम्म पुर्याउने उक्त पक्षको तयारी छ । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान खनाल–नेपाल पक्षले राख्दै आएको छ ।
तर ओली पक्षले यो पक्षलाई गुट भेलाको संज्ञा दिदै गुटका सदस्यहरुसँग कुनै ‘डिल’ नगर्ने चेतावनी दिएको छ । ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठकका नाममा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय समिति नै पुनर्गठन गरेका थिए जसलाई खनाल नेपाल पक्षले खारेज गर्नुपर्ने बताउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण