बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी

बिहीबार, २८ जेठ २०८३, ०० : ००
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन शनिबार हुँदै छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेरका विषयमा संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् ।
  • भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन शनिबार हुँदै छ । प्रदेश राजधानी वीरेन्द्रनगरको शुभ होटेलमा आयोजना गरिएको उक्त अधिवेशनको तयारी करिब अन्तिम चरणमा रहेको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले बताए ।

२. भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेललाई जिल्ला प्रशासन कार्यालय मोरङले दुई घण्टा बयान लिएको खुलेको छ ।

३. करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । 
बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा आर्थिक विधेयकमा उत्पन्न करका दर हेरफेर र विधेयकका पाना परिमार्जनसम्बन्धी विवाद संसदमा समेत पुगेको छ ।

४. कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?

गृहमन्त्री सुधन गुरुङले मंगलबार पदबहाली गर्दै २५ वर्षअघिको दरबार हत्याकाण्डबारे छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरे । निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ मा भएको नारायणहिटी हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने ।’

५. ‘इकोनोमिक एडिट’मा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत

जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे । बजेटअघि अर्थमन्त्री डा. वाग्लेले ‘चामत्कारिक’ बजेट ल्याउने दाबी गरेका थिए ।

६. भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित

विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएका चुनौती र रासायनिक मलको उपलब्धतामा आएको ह्रासका बाबजुद भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ ।

७. १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन् ।

८. अनुसन्धानको साटो पुरस्कार

राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार हननका दोषीलाई कारबाहीका लागि पटक–पटक सिफारिस गरे पनि त्यसको कार्यान्वयन भने अत्यन्तै न्यून देखिएको छ । तर विडम्बना, आयोगले कारबाही सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले उल्टै पुरस्कृत र सम्मानित गर्ने गरेको पाइन्छ ।

९. जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग

औषधि व्यवस्था विभागमा कर्मचारी अभावका कारण विभिन्न उजुरीमाथिको अनुगमन निष्प्रभावी बनेको छ । देशभर औषधि पसल र फार्मेसीको सङ्ख्या २६ हजार हाराहारी छ । औषधि उद्योगको सङ्ख्या १३० पुगेको छ । केन्द्र र मातहतका कार्यालय गरी कुल ११५ जनामात्रै कर्मचारी हुँदा विभागमा दिनहुँ आउने उजुरीमाथि कारबाही र बजार अनुगमन निष्प्रभावी बनेको छ ।

१०. ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट

सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १४ अर्ब २ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

११. सर्लाहीमा प्रहरीमाथि आक्रमण

सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई आक्रमण गरेको घटनामा मधेस प्रदेशका पूर्वसांसद जोडिएका छन् । पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई सर्लाही प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी फेला परेका छैनन् ।

१२. फिफा विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप