बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

ब्राड पिटले आफूमाथि कुटपिट गरेको प्रमाण भएको एन्जेलिनाको दाबी

शुक्रबार, ०६ चैत २०७७, ११ : ५०
शुक्रबार, ०६ चैत २०७७

हलिउडका चर्चित अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सन् २०१४ मा विवाह भएको थियो । ब्राड र एन्जेलिना फिल्म 'मिस्टर एंड मिसेज स्मिथ' को सेटमा एक अर्कासँग नजिकिएका थिए । 

उनीहरुले विवाह भएको दुई वर्षमा नै एक अर्कालाई विभिन्न आरोप लगाएर कानुनी रुपमा नै एकअर्काको विरुद्धमा लडाईँ सुरु गरेका थिए । अहिलेसम्म सम्बन्धविच्छेद नभएपनि यो जोडी सन् २०१९ मा अदालतको निर्णयअनुसार एकल जीवन बिताइरहेका छन् । 

यसैबीच, एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले ब्राडले आफूमाथि कुटपिट गर्ने गरेका समेत बताएकी छन् । उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छन् । 

स्रोतः एविपि न्यूज 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप