मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१५ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको आज मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको हो ।\
मोटरसाइकल पछाडि सवार हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वा बस्ने १५ वर्षीय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक विवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते कौशलको टाउको र छातीमा चोट लागेको छ । उनको समेत अवस्था गम्भीर भएपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण