शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु

आइतबार, ०८ चैत २०७७, २२ : ४९
आइतबार, ०८ चैत २०७७

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१५ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको आज मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको हो ।\

मोटरसाइकल पछाडि सवार हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वा बस्ने १५ वर्षीय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।

उपचारका क्रममा  मोटरसाइकल चालक विवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घाइते कौशलको टाउको र छातीमा चोट लागेको छ । उनको समेत अवस्था गम्भीर भएपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप