कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले सांसद् रेग्मीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
संसदीय दलका प्रमुख सचेतक सीता नेपालीका अनुसार माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि पार्टीको बैठकमा सहभागी नभएकाले उहाँलाई कारबाही गर्न सिफारिस गरिएको हो,’ नेपालीले भनिन् ।
सांसद रेग्मी एमालेको (ओलीपक्ष) को केन्द्रीय सदस्य तथा प्रदेश सचिवमा मनोनित भएका थिए । सांसद रेग्मीले आफु कुनै पनि हालतमा एमाले नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् । यतिमात्र हैन, रेग्मी आफ्नो सांसद पद नै गएपनि कुनै फरक नपर्ने बताउँछन् । ‘मैले मेरा जनतालाई सोधेर नै यस्तो निर्णय गरेको हुँ । यदी मेरो सांसद पद नै गएपनि जनताको पक्षमा बोल्ने मेरो मुखलाई कसैले रोक्न सक्दैन,’ एक कार्यक्रममा उनले भनेका थिए ।
कर्णालीका मन्त्रीहरुले भ्रष्टाचार गरेको फाइल आफूसँग भएकाले सुर्खेतको पिपल चौतारामा गएर जनतालाई जानकारी गराउने उनले उद्घोष गरेका छन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् ।
उनी माओवादी केन्द्रबाटै निर्वाचित भएपनि उनी शुरुवातदेखि नै प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्धमा लाग्दै आएका थिए । उनले प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने प्रधानमन्त्री केपी ओली पक्षका सांसद यामलाल कँडेल निकट बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण